धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। २६ हजार १४३ मत ल्याएर उनी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २७८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गरेका छन्। एमाले र कांग्रेसकै गढ मानिने धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार श्रेष्ठ विजयी भएका हुन्। ५ हजार ८६५ मतान्तरले श्रेष्ठ विजयी भए।
धादिङ क्षेत्र नम्बर २ मा रुबीभ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिका, खनियाँबास गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका रहेका छन्। यस निर्वाचन क्षेत्रमा २०७० मा नेकपा एमालेका धनबहादुर घले, २०७४ मा खेमप्रसाद लोहनी र २०७९ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले जित निकालेका थिए।