क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले मतान्तर बढाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नयाँ विवरणअनुसार पाण्डेले ११ हजार १३८ मत पाएका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका कुलमान घिसिङले ६ हजार ६९९ मत पाएका छन्। सुरुवाती अग्रता लिएका घिसिङ चार हजार ४३९ मतले पछि परेका छन्।
त्यस्तै यहाँ कांग्रेसका रमेश अर्यालले तीन हजार ८९८ तथा एमालेका रामेश्वर फुयाँलले एक हजार ९४४ मत पाएका छन्।
राप्रपाको ४६५ तथा नेकपाको २६७ मत रहेको छ।