सल्यानमा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले साढे १० बजेबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
५१ प्रतिशत मत खसेको सल्यानमा भौगोलिक विकटता र लामो दूरीका कारण मतपेटिका आउन ढिलाइ भएको हो। आचारसंहिता, मतगणना प्रक्रिया तथा व्यवस्थापनबारे सहमित जुटेको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले जानकारी दिए। जिल्लामा एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। प्रतिनिधिसभा निर्वाचनमा सल्यानबाट दुई स्वतन्त्रसहित १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।