निर्वाचन आयोगका अनुसार फागुन २१ का लागि दर्ता भएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार यसैगरी ६५ दलमध्ये ११ दलले मात्रै प्रचारप्रचार बैंक खाता खोलेका छन्।
आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार बैंक खाता खोल्ने व्यवस्था उम्मेदवार र दलको आर्थिक पारदर्शिता, खर्च सीमाको पालना र निगरानीका लागि गरिएको हो। यस खातामार्फतै निर्वाचन प्रचारप्रचारको आम्दानी र खर्च सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यविधि, २०८२ ले तोकेको छ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ ।