विराटनगर महानगरपालिकाले गठन गरेको प्रज्ञा प्रतिष्ठानको कार्यालय स्थापना भएको छ । स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको विराटनगर महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय स्थापना गरेको हो ।
विराटनगर– ३ स्थित वडा कार्यालयपरिसरमा स्थापना भएको प्रज्ञा प्रतिष्ठानको कार्यालयमा महानगरका मेयर नागेश कोइरालाले मंगलबार उदघाटन गर्दै अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिलाई व्यवस्थित बन्ने बताए । विराटनगरभित्र रहेका विविध भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि प्रतिष्ठानमार्फत योजनाबद्ध कार्यक्रमहरू अगाडि बढिरहेको जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले कार्यालय व्यवस्थापनमा सहयोग गरेकोमा महानगरप्रति आभार व्यक्त गर्दै संस्थाको दीर्घकालीन स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आफ्नै कार्यालय महत्त्वपूर्ण आधार बनेको बताए ।
चालू वर्षदेखि महानगरले स्थापना गरेको प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोशी प्रादेशिक ललितकला प्रदर्शनीसमेत सम्पन्न गरेको छ ।