भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दु:ख दिइयो : रवि लामिछाने

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न खोज्दा आफूलाई लक्षित गरी दुःख दिइएको बताएका छन्।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले इमानदारीपूर्वक काम गर्न खोजे पनि अवरोध खडा गरिएको दाबी गरे। चितवनवासीले सधैँ आफूलाई आशीर्वाद र न्यायका लागि आवाज दिएको उल्लेख गर्दै उनले जनताको साथ नै आफ्नो शक्ति भएको बताए।

लामिछानेले भने, `दु:ख मैले पाए पनि आँखा तपाईंका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागे पनि दुखेको तपाईंलाई छ, मलाई थाहा छ। तर, त्यति दुख्नै पर्थ्यो मलाई। त्यति दु:ख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो। छलेका पैसाहरूमा भाग खोजिन्थ्यो होला। हामीले भाग खोजेनौँ। तर, यो देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्याउने गरी काम गर्यौँ।´

उनले भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्ने स्पष्ट पार्दै जनतासँग न्यायको पक्षमा उभिन आग्रह गरे।

सुझावित समाचार