१५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानीमा आइपुगेको छ । साधुसन्त तथा गृहस्थ परिवारजनको धार्मिक आस्थाको प्रख्यात यात्राका रूपमा रहेको माध्यमिकी परिक्रमा भारतको गिरिजास्थानमा बुधबार विश्राम गरी बिहीबार बिहानै मटिहानी आइपुगेको हो ।
परिक्रमा यात्रीहरूलाई नेतृत्वकर्ता मिथिला बिहारी र किशोरीजीको डोलालाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, सहायक प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुखहरू तथा स्थानीयले स्वागत गरेका छन् ।
नगर प्रमुख मण्डलले परिक्रमालाई मटिहानीमा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताएका छन् ।
परिक्रमा यात्रीका लागि मटिहानी नगरपालिकाले स्वास्थ्य, खानेपानी, सरसफाइ, बिजुली, शौचालयलगायत विभिन्न व्यवस्थापन गरिएको उनले बताए । साथै, आफूसमेत वडाध्यक्षहरूसहित नगरपालिकाको टोली लिएर परिक्रमा यात्रीहरूको सेवामा समर्पित रहेको बताए ।