सिटिजन्सको ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

सिटिजन्स बैंकले ‘म्यान–सिटिजन्स एस्पायरिङ म्यानेजर अवार्ड’ वितरण गरेको छ । यस वर्षको उक्त विधाको अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघ (म्यान)को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट प्रदान गरिएको बैंकले जनाएको छ ।

पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानका पदाधिकारीसहितको समितिले गरेको हो । यो विधाको पुरस्कारले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बैंकले जनाएको छ । साथै, यसले भविष्यका म्यानेजमेन्ट पेसेवरलाई प्रोत्साहित गर्ने विश्वाससमेत बैंकले लिएको छ ।

सुझावित समाचार