नेसनल लाइफले कर्मचारीलाई दियो व्यावसायिक तालिम

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्न तीनदिने सीप विकास कार्यक्रम (इम्प्लोई स्किल इन्हान्समेन्ट प्रोग्राम) गरेको छ । कम्पनीले ‘ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ नारासहित पोखरामा उक्त कार्यक्रम गरेको हो । 

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखसहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारी गरी कुल दुई सय ७० जनाको सहभागिता थियो । कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले कार्यक्रममा बिमा व्यवसाय निरन्तर रूपमा प्राविधिक विषय हुँदै गएको र आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी तालिमले कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने बताइन् ।

उनले कार्यसम्पादन मूल्यांकनका आधारमा बेस्ट इम्प्लोई अवार्ड– २०८२ मा उत्कृष्ट ठहरिएका सातजना कर्मचारी रोहितकुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारू, बेजोन कार्की, योगेश निरौला, नवीना खाती र रचना पराजुलीलाई नगदसहित सम्मान गरिन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने बताए । कर्मचारीलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणालीजस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मद्दत पुग्ने गरी तालिमको व्यवस्था गरिएको बताए । त्यस्तै, ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इन्टेलिजेन्सबारे विभिन्न उदाहरण प्रस्तुत गर्दै एआईसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

त्यसैगरी, पेसागत ज्ञान अभिवृद्धिका लागि सञ्चालन गरिएको परीक्षामा उत्कृष्ट नतिजासहित प्रथम, द्वितीय र तृतीय हुने क्रमश: केन्द्रीय कार्यालयका सुरक्षा सिंह, बेजोन कार्की र कीर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई नगद प्रोत्साहनसहित सम्मान गरिएको थियो । साथै, प्रदेशस्तरीय फुटसल प्रतियोगिताका विजेतालाई पनि सिइओ खत्रीले पुरस्कृत गरे । 
 

सुझावित समाचार