काठमाडौंका ८४ डिलरबाट एकैदिन ६ हजार ८७० सिलिन्डर नेपाल ग्यास बजारमा

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

नेपाल ग्यासले काठमाडाैं जिल्लामा एकैदिन ६ हजार ८७० सिलिन्डर बिक्रीका लागी बजारमा पठाएको छ । बजारमा ग्यास आपूर्ति असहज बनिरहेको अवस्थामा नेपाल ग्यासप्रति उपभोक्ताको आकर्षण बढेकाले नेपाल ग्यास उद्योगले बुधबार काठमाडौं जिल्लाका ८४ वटा डिलरमा ६ हजार ८७० थान सिलिन्डर ग्यास पठाएको हो।

आफूलाई पायक पर्ने ग्यास डिलरमा पुगेर ग्यास खरिद गर्न नेपाल ग्यासले उपभोक्तालाई आग्रह गरेको छ । काठमाडौंमा सबैभन्दा धेरै उपभोक्ता भएकाले ग्यास सञ्चित नगर्न पनि कम्पनीकाे अनुरोध गरेको छ । काठमाडाैंका बजारमा नेपाल ग्यासको मात्रै आठ लाख सिलिन्डर बजारमा रहेको नेपाल  कम्पनीको दाबी छ । 

सुझावित समाचार