नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपतिको आह्वान

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गरेका छन् ।

सोमबार टोकियो पुगेका राष्ट्रपति पौडेलले नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषि क्षेत्रमा नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गरेका हुन् ।

‘नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ,’ उनले भने, ‘हामी उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँ ।’ दुई देशबिचको सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै नभएर जनता–जनताबिचको सम्पर्कलाई समेत समेटेको पौडेलले बताए । 

सुझावित समाचार