जसपाले संविधान संशोधनको पुरानै एजेन्डासहित घोषणापत्र ल्याउँदै

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

जसपा नेपालले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरिसकेको छ । घोषणापत्र समितिमा डा. उमाशंकर साह, प्रकाश अधिकारी, सुरेन्द्र झालगायत छन् । झाले घोषणापत्र माघ मसान्तसम्म सार्वजनिक हुने बताए ।

उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत र थप संस्थागत गर्ने, पहिचान र सामर्थ्यका आधारमा १० प्लस १ को अवधारणामा राज्य पुनर्संरचना, संविधान संशोधनमार्फत पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालगायत एजेन्डा छन् ।

‘संघर्षबाट समृद्धितिर जाने हो । युवा पुस्तालाई आकर्षित गर्न खोजेका छौँ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा, स्वरोजगार उद्यमशीलता, प्रविधि, कम ब्याजदरमा ऋण, विशेषज्ञ सेवासहित अस्पताललगायत विषय आउँछन् ।’

झाले आफ्नै सत्ता बनाउन नसक्दा संघमा घोषणापत्र लागू गर्न नसकिएको बताउँदै साझेदारीमा सम्हालेका मन्त्रालयमा लागू गर्ने कोसिस गरिएको दाबी गरे । मधेश प्रदेशमा सरकार बनाएको जसपा नेपालले घोषणापत्रको कार्यान्वयन ६० देखि ६५ प्रतिशतसम्म गरेको दाबी गरेको छ ।

See More On

सुझावित समाचार