नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्नका लागि कांग्रेस बदलिएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने उल्लेख गरे।
अब बदलिएको कांग्रेस देश बदल्ने संकल्पसहित अगाडि बढेको उनले बताए। सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता आमनागरिकको चाहना भएकाले त्यसलाई कांग्रेसले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेससँग सुधारको एजेन्डा र सबैलाई जोड्ने ताकत रहेको उनको दाबी थियो। उनले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए।