सिके राउतलाई आयोगले सोध्यो स्पष्टीकरण

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार चन्द्रकान्त (सिके) राउतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेपछि आयोगले राउतलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।

‘तपाईं सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार रहनुभएको व्यक्तिले आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरीको मूल बेहोरा रहेको छ,’ आयोगले भनेको छ।

सुझावित समाचार