नेप्सेमा ४२ अंकको गिरावट, कारोबार रकम १४ अर्बभन्दा बढी

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से ४२.५८ अंकले घटेर दुई हजार ७२६.५१ विन्दुमा कायम भएको हो। यसअघि सोमबार तीन अंकले घट्दा आइतबार ५७ अंकले बढेको थियो।

आज ३३३ कम्पनीको तीन करोड दुई लाख ६२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार र आइतबार क्रमशः १६ र साढे १३ अर्बको सेयर कारोबार भएको थियो।

मंगलबार म्युचल फन्डको सूचक स्थिर रहँदा बाँकी सबै समूहको सूचक ओरालो लागेका छन्। वित्त २.४२ र व्यापार ०.५१ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा धेरै छ।

घटेको बजारमा सप्तकोशी विकास बैंक, दरमखोला हाइड्रो, मायाखोला हाइड्रो र कर्पोरेट विकास बैंकका लगानीकर्ता सर्वाधिक कमाउने सूचीमा छन्। यी कम्पनीको मूल्य आठदेखि ६ प्रतिशतभन्दा धेरैले वृद्धि भएका हुन्।

यता सर्वाधिक गुमाउनेमा भने ओम मेगाश्री, ट्रेड टावर र झापा इनर्जीका लगानीकर्ता छन्। यी कम्पनी ६ प्रतिशतभन्दा धेरैले घटेका हुन्।
 

सुझावित समाचार