बर्दियाको मधुवन नगरपालिकामा भएको सडक दुर्घटना दुईजनाको मृत्यु भएको छ। शुक्रबार राति ९ बजे मधुवन नगरपालिका- ४, गमक्कामा भएको सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो।
सडक दुर्घटना परी मृत्युु हुनेमा ठाकुरबाबा नगरपालिका- ५ शाहीपुरको २१ वर्षीय सुशीलकुमार थारू र सोही ठाउँका २५ वर्षीय करण थारू रहेको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए।
उनले भने, ‘हुलाकी सडक खण्डमा बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी र भे ११ प १९२३ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किँदा मोटरसाइकलचालक र मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु हो।’
इभी गाडीचालक बिक्रम बोहरालाई प्रहरी नियन्त्रणमा लिएर राखेको छ। मृतकको शव अहिले बर्दिया अस्पताल गुलरियामा राखिएको छ।