बदलिएको समयानुसार कांग्रेस चलाऔँ भन्दा कारबाहीमा परियो : विश्वप्रकाश शर्मा

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण
बदलिएको समयानुसार कांग्रेस चलाऔँ भन्दा कारबाहीमा परियो : विश्वप्रकाश शर्मा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

कांग्रेस संस्थापन पक्षले निष्कासन गरेका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समयानुसार पार्टी चलाउनुपर्छ भन्दा कारबाहीमा परिएको बताएका छन्।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले भने, ‘कारबाहीमा त पर्नै पर्ने मान्छे हो हामी। किनभने बदलिएको समयअनुसार कांग्रेस चलाऔँ भन्यौँ।’

निर्वाचन प्रक्रियाका लागि आफूले आज बिहानै महामन्त्री पद छाडेर उम्मेदवारीसमेत परिसकेकाले कारबाहीको अर्थ नरहेको पनि शर्माले प्रस्ट्याए।

‘यो महामन्त्री त मैले बिहानै छोडिसकेँ,’ उनले भने, ‘बिहान लगभग ११ बजेपछि म महामन्त्रीमा छँदै थिइनँ। मलाई महामन्त्रीबाट कारबाही गर्नुपर्ने किन ?’

सुझावित समाचार