गजेन्द्रनारायण सिंह अस्पतालमा एचडियू र एनआइसियू सेवा पुनः सञ्चालनमा

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लामो समयदेखि ठप्प रहेको एचडियू र एनआइसियू सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्रका अनुसार दुवै वार्डको सेवा बुधबारदेखि नियमित गरिएको हो।

कर्मचारी अभावका कारण गत वर्ष फागुनदेखि एचडियू सेवा बन्द रहँदै आएको थियो। यस्तै, कात्तिकमा एनआइसियू वार्डमा झरेको बल्ब उपचाररत शिशुलाई लागेपछि सुरक्षाका कारण एनआइसियू सेवा पनि ठप्प भएको थियो।

यी दुवै सेवा बन्द हुँदा सप्तरीका गम्भीर अवस्थाका बिरामी तथा नवजात शिशुलाई सघन उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता थियो। अब अस्पतालमै एचडियू र एनआइसियू सेवा पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई उपचार गराउन सहज हुने विश्वास गरिएको छ।

सुझावित समाचार