पूर्वी नेपालमा बस्नेतले भित्र्याए अन्तर्राष्ट्रिय चेन होटेल ‘रमडा’

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटेल ‘रमडा बाई विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ।

हाल नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोर्टसअन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा बाई विन्डम’लाई पहिलोपटक पूर्वी नेपालमा भित्र्याएका हुन्।

अबको एक महिनाभित्र सञ्चालनमा आउन लागेको उक्त होटेलमा ८१ वटा कोठा रहनेछन्। जसमा डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ दुई, जुनियर स्विट ६ र स्विट दुई कोठा रहनेछन्।

होटेल आधुनिक सुविधायुक्त हुनेछ। टेरेस बार, आल डे डाइनिङ रेस्टुरेन्ट, कफी सप, दुईवटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पुल बार, स्विमिङ पुल, जिम र स्टिम र साउनासमेत होटेलमा उपलब्ध हुनेछ। व्यावसायिक बैठकदेखि विवाह तथा सामाजिक कार्यका लागि होटेल उपयुक्त हुने बताइएको छ। होटेलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसरसमेत प्रदान गर्दै छ।

सुझावित समाचार