आइटी छात्रवृत्ति कार्यक्रममा आठ उत्कृष्ट विद्यार्थी छनोट

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आइटी छात्रवृत्ति कार्यक्रम– २०२५ का लागि आठ उत्कृष्ट विद्यार्थी छनोट भएका छन् । टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलिया र नेपाल ट्युबको सहकार्यमा आयोजित कार्यक्रमको अन्तिम चरणबाट उत्कृष्ट प्रदर्शन गरेका आठजना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् । छनोट हुनेमा सोफिया तामाङ, विवेक अधिकारी, प्रार्थना मिश्र, पुष्पा सुक्ला, रशम शाही, शिशम श्रेष्ठ, सोनिका रिजाल र सुरेश शाही उत्कृष्ट रहेका छन् । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्का प्रमुख अतिथिका रूपमा उपस्थित थिए । छनोट भएका शीर्ष आठ विद्यार्थीले अब टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलियाको अस्ट्रेलियन मापदण्डअनुसारको १६ हप्ते रोजगारीमैत्री तालिम प्राप्त गर्नेछन् । 

सुझावित समाचार