महालक्ष्मी विकासको १०.७३ प्रतिशत लाभांश पारित

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४औँ वार्षिक साधारणसभाबाट १०.७३ प्रतिशत लाभांश पारित भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार भएको सभाले ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थसमेत) तथा पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, गत आवको वित्तीय विवरण छलफल गरी पारित गरिएको छ । यसका साथै सस्ंथापक समूह (क) बाट तीनजना र सर्वसाधारण समूह (ख) बाट तीनजना गरी ६ जना सञ्चालक निर्वाचित भएका छन् । सस्ंथापकबाट राजेश उपाध्याय, सञ्जय गिरी र ग्रोइंग प्रालिका सागर मल्ल निर्वाचित भए ।

सर्वसाधारण सेयरधनीबाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिकोे पहिलो बैठकले उपाध्यायलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

बैंकका अनुसार अघिल्लो आव ०८०/८१ को तुलनामा गत आवमा बैंकका समग्र वित्तीय परिसूचकमा सकारात्मक परिवर्तन देखिएको छ । अघिल्लो आवमा आधार दर ९.३९ प्रतिशत रहेकामा गत आवमा ६.९४ प्रतिशत रहेको छ । 

सुझावित समाचार