वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न एजुकेसन फेयर

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

विद्यार्थीलाई वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न पुतलीसडकस्थित एबी अप्लाईले मंगलबार काठमाडौंमा ‘एजुकेसन फेयर’ आयोजना गरेको छ। 

फेयरमा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स, शुल्कबारे जानकारी पाएको मार्केटिङ कोर्डिनेटर नारायण केसीले बताए। ‘कुन देशमा जानका लागि के कति खर्च लाग्छ, शैक्षिक कोर्स के-कस्तो छ भनेर पनि जानकारी पाए,’ उनले भने।

फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष प्रकाश पाण्डेले गरेका थिए। फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न गिफ्ट ह्याम्पर, सिनेमाको टिकट र फुड भौचर प्रदान गरिएको थियो। अमेरिका, अस्ट्रेलिया, युके, क्यानडा र न्युजिल्यान्डका १९ कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई परामर्श प्रदान गरेका थिए।

विदेश गएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले पढ्न चाहने विषय, शुल्क, विश्वविद्यालयको प्रक्रिया, आवश्यक कागजपत्र, भाषा शिक्षणको प्रक्रिया, विदेश गइसकेपछि चाल्नुपर्ने कदमलगायतबारे सहजीकरण गर्ने उद्देश्यले फेयरको आयोजना गरिएको केसीले बताए।

सुझावित समाचार