डिप्रोक्स लघुवित्तको वित्तीय तथा डिजिटल साक्षरता

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

डप्रोक्स लघुवित्तले वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । लघुवित्तले इसेवाको आयोजनामा आफ्ना सयभन्दा बढी सदस्यलाई वीरगन्ज, पर्सामा डिजिटल साक्षरता तथा इसेवामार्फत किस्ताबन्दी भुक्तानीसम्बन्धी एकदिने तालिम सञ्चालन गरेको हो । 

तालिमको उद्देश्य सदस्यमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबार प्रवद्र्धन गर्नु रहेको बताएको छ । लघुवित्तका सदस्यले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी पाएको बताए । वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोहीअनुरूप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे पनि उनीहरूले बताए ।

सुझावित समाचार