ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिने जनाएको छ । दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरिने बताइएको छ । साथै, सातवटै प्रदेशमा १४ वटा नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । 

त्यसैगरी, सात प्रदेशका सात स्थानमा बृहत् आँखा जाँच तथा मोतीयाविन्दु शल्यक्रिया शिविर आयोजना गर्ने पनि बैंकले जनाएको छ । यसका साथै बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १५ सय गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीको आँखा जाँच गरी आवश्यक चस्मा नि:शुल्क रूपमा वितरण गर्नेछ । सातवटै प्रदेशमा स्वास्थ्य शिविर पनि सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा पुर्याउने बैंकले जनाएको छ । 

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेनदार छात्रालाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा एक सय ४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्रामा विस्तार हुने बताइएको छ । 

त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई एमफिल तथा पिएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गर्नेछ भने मुख्य सहर रक्तदान कार्यक्रमका साथै आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिने बैंकले जनाएको छ । 

सुझावित समाचार