उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा लोकनाथ पन्थी चयन भएका छन्। संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पन्थी अध्यक्ष चयन भएका हुन्।

अधिवेशनले पन्थीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा पदम जिसी, उद्योग उपाध्यक्षमा केशव श्रीसमगर, वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा विजय आचार्य, कोषाध्यक्षमा दिलीप शर्मा, सचिवमा सौरभ भुसाल र सहकोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए।

यस्तै, कार्यसमिति सदस्यहरु कृष्णप्रसाद भुसाल, न्याजुद्धिन मिया, नारायण प्रसाद पाण्डे, बिनोद खाती, विशाल पन्थी, प्रशान्त बन्जाडे, जीवन बुढाथोकी,  भरत अधिकारी, केशव पौडेल, तिलकराम पाण्डे, लक्ष्मण ज्ञवाली, प्रकाश भण्डारी, भवीश्वर ढकाल र छविलाल खनाल निर्वाचित भएका छन्।

सुझावित समाचार