भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ । सडक पहुँच र बजार विस्तारसँगै व्यावसायिक सुन्तला उत्पादकले राम्रो मूल्य पाउन थालेपछि आर्थिक अवस्था सबल बन्दै गएको किसानहरू बताउँछन् ।
पहिले स्थानीय बजारमै सीमित सुन्तला अहिले बगानमै ठेकेदार आएर खरिद गर्न थालेका छन् । भोजपुरमा उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, बिर्तामोड र काठमाडौंलगायतका प्रमुख सहरका बजारमा पुग्न थालेको छ ।