पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशक साधारण तारेखमा छुटेका छन्। विशेष अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।
प्रतिवादी रहेका तत्कालीन उपनिर्देशकहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेत बुधबार बिशेष अदालतमा उपस्थित भएका थिए। विशेषका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले बयान र थुछछेक बहसपछि उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अख्तियारले उनीहरूलाई आठ अर्ब ३६ करोड बिगो कायम गरी मुद्दा दायर गरेको थियो। यति ठुलो बिगो रहेको मुद्दामा उनीहरू साधारण तारेखमै छुटेका छन्।