भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो । 

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफफ्पुर चार सय केभी प्रसारणलाइनमार्फत ६ सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।  १७ पुसबाट १७ चैत ९१ जनवरी–३१ मार्च २०२६० सम्म विद्युत् आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ  ९१ अप्रिल–३१ अगस्ट २०२६० सम्मकाे नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए। उनले  आरटिसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत् माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।
 

सुझावित समाचार