हुन्डाई मोटर कम्पनीले स्थापनाको ५७ वर्षे यात्रा पूरा गरेको छ । नवीनता, गुणस्तर र गतिशील भविष्य निर्माण गर्दै आएको हुन्डाई सुरुवाती दिनदेखि नै अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार हुन्डाईले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधान रूपमा प्रदान गर्दै आइरहेको छ । स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने संकल्पसमेत गरेको बताइएको छ । सन् १९६७ मा स्थापना भएको हुन्डाई मोटर कम्पनी दुई सयभन्दा बढी देशमा सञ्चालनमा छ । यसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधान प्रदान गर्छ । नेपालमा भने हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । सन् २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर हुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महŒवपूर्ण भूमिका खेल्दै आएको छ ।
४५ हजार ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य ग्राहकको जीवनको अभिन्न हिस्सा बन्नु हो । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुन्डाई ग्राहकलाई विशेष लाभ, थप सेवा तथा प्रिमियम अनुभव प्रदान गर्दै आएको छ । हुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महŒवपूर्ण योगदान पुर्याएको छ ।