लक्ष्मी सनराइजको १० प्रतिशत बोनस सेयर प्रस्ताव पारित

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै चुक्ता पुँजी २६ अर्ब ७८ करोड पुगेको बैंकले जनाएको छ ।

साधारणसभाले गत आव ०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै, चालू आवका लागि लेखा परीक्षकको नियुक्तिसमेत गरेको जनाएको छ ।

सुझावित समाचार