कामना सेवाद्वारा विद्यालयलाई सहयोग

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजार नगरपालिका– ४, रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बिरौटा, पोखरामार्फत सहयोग गरेको हो । 

बैंकको पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरे । अध्यक्ष पोखरेलले यो सहयोगले गरिबी तथा जेहेनदार विद्यार्थीलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोसाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे । 

सुझावित समाचार