नेप्से ४७.५५ अंकले बढ्यो

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ स्क्रिप्सको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३८ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २७ करोड बराबरको सेयर कारोबार भयो। यस्तै मञ्जुश्री फाइनान्सले २४ करोडको कारोबार गर्दा सिनर्जी पावरको २२ करोड,एवाइ प्यानल नेपालको १८ करोड र शिवम् सिमेन्टको १७ करोड बराबरको सेयर कारोबार भयो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्।

सुझावित समाचार