प्राइम बैंकको ‘टपअप गरौँ, बोनस पाऔँ’ योजना

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

प्राइम कमर्सियल बैंकले ‘टपअप गरौँ, बोनस पाऔँ’ योजना ल्याएको छ । यस योजनामा ग्राहकले दुई सय रुपैयाँ टपअप (रिचार्ज) गर्दा १०० रुपैयाँ बोनसस्वरूप जित्न सक्नेछन् । 

योजनामा सहभागी हुनका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाट दुई सय वा सोभन्दा बढीको टपअप गर्नुपर्नेछ । टपअप सफल भएपछि १०० रुपैयाँ बोनस टपअप जित्न सकिने बैंकले जनाएको छ । यो योजना सीमित अवधिमा लागि मान्य हुनेछ । विजेता छनोट भने योजनाको अन्त्यमा गरिने बैंकको भनाइ छ । 

सुझावित समाचार