कुमारी बैंकले दक्षिण कोरियाबाट रेमिट्यान्स पठाउँदा बुलेट बाइक जित्ने योजना ल्याएको छ । बैंकले ‘ट्रान्सफर एन्ड विन’ विन्टर योजना ल्याएको हो ।
यसमा कोरियामा रहेका नेपालीले सेन्ट–बी रेमिट्यान्सबाट नेपाल पैसा पठाउनुपर्नेछ । रकम पठाउनेमध्ये एकजना भाग्यशाली विजेताले रोयल इन्फिल्ड क्लासिक–३५० मोडेलको बुलेट बाइक जित्न सक्नेछन् ।
बैंकका अनुसार यो योजना १५ नोभेम्बरदेखि सुरु गरिएको हो, जुन ३१ डिसेम्बरसम्म चल्नेछ । योजनामा सहभागी हुन कम्तीमा एक लाख रुपैयाँ सेन्ट–बी रेमिट्यान्समार्फत नेपाल पठाउनुपर्नेछ ।