इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेज अप्लायन्सेसले मुम्बई यात्रा जित्न सकिने योजना ल्याएको छ । कम्पनीले फेब्रुअरीमा मुम्बईमा हुने आइसिसी टी–२० वर्ल्डकपलक्षित ‘मेक अ थटफुल च्वाइस, बी द लाउडेस्ट भ्वाइस’ योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो अभियानको मुख्य आकर्षण मुम्बईमा आइसिसी टी–२० विश्वकप प्रत्यक्ष हेर्न पाउने अवसर हो । अभियान अवधिभर सहभागी ग्राहकले पाँच दिनको मुम्बई यात्रा गर्न पाउनेछन् । यो अवसर नेपाली क्रिकेटप्रेमीका लागि सपना साकार हुने बताइएको छ ।
त्यसैगरी, गोदरेजका घरायसी सामानको खरिदमा विभिन्न उपहार पनि पाइने बताइएको छ ।