बर्दियामा भएको सडक दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ। सडक दुर्घटनामा परी बाँसगढी नगरपालिका– ८ का २७ वर्षीय राजेश थारूको मृत्यु भएको हो ।
महेन्द्र राजमार्गअन्तर्गत बाँसगढी नगरपालिका– ४, मटेरियामा बिहान साढे ५ बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालक थारू गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरियामा ल्याइएको थियो ।
दुर्घटना परी गम्भीर घाइते भएका थारूलाई करिब साढे ७ बजे डाक्टरले मृत्यु भएको जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए ।