उद्योग दर्ता र खारेजीको संख्या उस्तै

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

रामेछापमा नयाँ उद्योग दर्ता र पुराना खारेजीको संख्या उस्तै रहेको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को कात्तिक मसान्तसम्म ३२ नयाँ उद्योग–व्यवसाय दर्ता भएका र १४ पुराना उद्योगको दर्ता खारेजी भएको कार्यालयले जनाएको छ । त्यस्तै, वाणिज्य व्यापारतर्फ १० वटा नयाँ फर्म दर्ता भएकामा पुराना दशवटा फर्म खारेजी भएको कार्यालय प्रमुख खेमराज अधिकारीले जानकारी दिए । 

‘पछिल्लो समय रामेछापमा उद्योग दर्ता गर्ने र खारेजी गर्नेको संख्या बराबरी जस्तै भएको छ । यद्यपि,  संघीयता कार्यान्वयनमा आएपछि जिल्लास्तरमा उद्योग–व्यवसाय दर्ता गर्नेको संख्या बढेको छ,’ उनले भने । सरकारी अनुदान लिन नयाँ फर्म दर्ता गर्नेहरूको संख्या बढेको र विदेश जानेहरूले लगानी देखाउनका लागि खोलेका फर्महरू विदेश पुगेपछि खारेजी गर्ने दर बढेको उनको भनाइ छ ।

सहुलियत ऋण लिनका लागि पनि अनिवार्य रूपमा व्यवसाय गरेको हुनैपर्ने प्रावधान राखेपछि बाध्य भएर उद्योग दर्ता गर्नुपरेको मन्थली नगरपालिका– १३, फुलासीकी मनमाया खड्काले बताइन् । पछिल्लो समय रामेछापमा कोभिडको महामारीपछि धेरै व्यवसायीहरू पलाएन पनि भएका छन् । 
 

सुझावित समाचार