कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने केन्द्रीय सदस्य गिरीको घोषणा

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

मंगलबार नेपालगन्जमा पार्टीको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले उम्मेदवारी घोषणा गरेका हुन्। कुन समूहबाट लड्ने भन्ने विषय भने पछि नै टुंगो लाग्ने गिरीको भनाइ छ।

०३६ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका उनी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। ०७९ को निर्वाचनमा दाङ ३ बाट सांसद निर्वाचित गिरी ०७३ सालमा सिँचाइमन्त्री भएका थिए।

सुझावित समाचार