कामना सेवाद्वारा दुई स्वास्थ्य केन्द्रलाई सहयोग

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

 कामना सेवा विकास बैंकले दुईवटा स्वास्थ्य केन्द्रलाई वाटर प्युरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले झापास्थित दमक नगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र कमल गाउँपालिका– ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई एक–एक थान प्युरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको हो । 

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कमल गाउँपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङ र कमल गाउँपालिका– ५ का वडाध्यक्ष लालबहादुर विष्टलाई यी सामग्री हस्तान्तरण गरे । बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडाध्यक्ष गुरुङ तथा विष्टले बताए । 

सुझावित समाचार