कलश स्टक मार्केटको सेयर शिक्षा कार्यक्रम सम्पन्न

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं. ७४)ले सेयर बजारमा आबद्ध लगानीकर्ताहरूको लागि शनिबार निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका स्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरूलाई सेयर बजारको प्राविधिक विषयहरूको बारेमा प्रकाश पारेका थिए। काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख्य लगानिकर्ताहरूको सहभागिता थियो।

यस कम्पनीले समय–समयमा देशका विभिन्न स्थानहरूमा र अनलाइनबाट संसारभर रहेका लगानीकर्ताहरूलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। निकट भविष्यमा समेत यस्ता कार्यक्रम गर्ने लक्ष्य लिएको कम्पनीका प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताए।
 

सुझावित समाचार