नेप्से दोहोरो अंकले घटेर पुनः २६ सय विन्दु तल

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.९२ अंकले घटेर दुई हजार ५९५.१० विन्दुमा कायम भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशत घटेको छ।

आज ३४५ कम्पनीका एक करोड १२ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन पनि कारोबार रकम करिब सोहीबराबर थियो।

म्युचल फन्ड ०.१९ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटेका छन्। विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका हुन्।

बजार घटे पनि एसवाई प्यानलका लगानीकर्ताले झन्डै १० प्रतिशत आर्जन गरेका छन्। तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त आठ तथा लक्ष्मी लघुवित्त पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्।

तर, सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने नारायणी विकास बैंक र अपर स्यान्जे हाइड्रो सात प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

सुझावित समाचार