कुमारी बैंक र विनरक इन्टरनेसनलबिच उद्यमशीलता सुदृढीकरण सम्झौता

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेसनलसँग सम्झौता गरेको छ । 

यसअन्तर्गत लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माण गरिने बैंकले जनाएको छ ।

बैंकले दिगो बैंकिङ, वित्तीय समावेशीकरण र स्थानीय उद्यम सुदृढीकरण तथा प्रवद्र्धन गर्दै आइरहेको छ । बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, ‘यस सहकार्यमार्फत बैंकलक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहनेछ ।’

सुझावित समाचार