होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा मलहोत्रा

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा राजेश मलहोत्रा निर्वाचित भएका छन् ।

भैरहवामा आयोजित संगठनको १२औँ साधारणसभा तथा साताैँ अधिवेशनबाट अध्यक्षमा राजेश महोत्रासहित १५ सदस्यीय नयाँ कार्यसमिति निरर्विरोध चयन भएको छ। मलहोत्रा होटेल व्यवसायी महासंघ नेपालका केन्द्रीय उपमहासचिव पनि हुन्।

अधिवेशनले संगठनको वरिष्ठ उपाध्यक्षमा लीलाधर भट्टराई, उपाध्यक्षमा नरेन्द्र खनाल, कल्पना न्यौपाने र गुणाखर गौतम, महासचिवमा बलबहादुर घिमिरे, कोषाध्यक्षमा दलबहादुर थापा, सचिवमा अर्जुनप्रसाद गौतम, सहकोषाध्यक्षमा पदम पन्थ चयन भएको निर्वाचन समिति संयोजक जगतबहादुर रायमाझीले जानकारी दिए।

त्यसैगरी, सदस्यहरूमा सुशील पौडेल, रोमाकान्त भट्टराई, शुभराज गौतम, सुमन न्यौपाने, हरि ज्ञवाली र श्रीराम पन्थी चयन भएका छन्। संगठनमा करिब पाँच सय होटेल व्यवसायी आबद्ध छन्। 

सुझावित समाचार