उड, इन्टेरियर र फर्निचर प्रदर्शनी सुरु

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसम्बन्धी ११औँ संस्करणको उड, इन्टेरियर र फर्निचर एक्स्पो शुक्रबारबाट सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त एक्स्पो आयोजना गरेका हुन् । प्रदर्शनीको हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, प्लाइउड उत्पादक संघका होमप्रसाद घिमिरे र इन्टेरियर डिजाइनर एसोसिएसनका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा शुक्रबार उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्रान्डका सामग्री राख्न एक सयभन्दा बढी स्टल रहेका छन् । शुक्रबार पहिलो दिन नै उपभोक्ताको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ ।
 

सुझावित समाचार