भ्रामक सूचना दिएर हाइड्रोपावरको सेयर मूल्य बढाएर लाभ लिएको तथा कृत्रिम रूपमा बढाएको आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको हो।
उनले जोशी हाइड्रोपावर कम्पनीको सेयर भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा बिक्री गरेका थिए। त्यसबापत उनले ४९ लाख १९ लाख लाभ लिएको प्रहरीले जनाएको छ। त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर पनि कृत्रिम रूपमा बढाइएको धितोपत्र बोर्डकै प्रारम्भिक जाँचबुझमा खुलेको थियो। बोर्डकै पत्रका आधारमा उनलाई पक्राउ गरी धितोपत्रसम्बन्धी ऐनअनुसारको कसुरअनुसार उनीमाथि अनुसन्धान थालिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
अग्रवाल यसअघि पनि सेयर कारोबारसम्बन्धी विवादमा पक्राउ परी छुटेका थिए।
