सुनको मूल्य तोलामा दुई हजारले घट्यो

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार चार सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चार हजार ८० रुपैयाँमा कायम भएको थियो ।   

सुझावित समाचार