जेन–जीको आन्दोलनपश्चात् अर्थतन्त्र चलायमान बन्दै गएको छ : अर्थमन्त्री

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको तीन महिनामा अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको उनले बताएका हुन् । 

गोरखापत्र संस्थानले बिहीबार आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’मा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यस अवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको छ, उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ,’ उनले भने ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुलुकको अर्थतन्त्रमा आशाको सञ्चार गराउन ‘गोरखापत्र डिस्कोर्स’ आयोजना गरेको बताए । पहिलोपटक आयोजित डिस्कोर्समा ‘स्मार्ट पूर्वाधार : विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल ?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा शीर्षकगत तीनवटा छलफलसत्र भएका थिए ।
 

See More On

सुझावित समाचार