कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि विनरक इन्टरनेसनलसँग सम्झौता गरेको छ।
यस सहकार्यअन्तर्गत लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गरिने बैंकले जनाएको छ।
दिगो बैंकिङ, वित्तीय समावेशीकरण र स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुनः प्रस्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेल भन्छन्, ‘यस सहकार्यमार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहनेछ।’