उड तथा फर्निचर प्रदर्शनी भोलिदेखि

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

शुक्रबारदेखि ११औँ नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ हुँदै छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजना भृकुटीमण्डपमा सो प्रदर्शनी हुन लागेको हो । प्रदर्शनी ६ पुससम्म चल्नेछ । 

आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल रहनेछन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, लेमिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले सम्बन्धित क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनेछन् । 

यस प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।

नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ, तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल प्रदर्शनीका सहयोगी संस्था रहेका छन् ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने बताइएको छ । घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ । 

यो प्रदर्शनी नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउने माध्यम बनाउने बताइएको छ । 

सुझावित समाचार