कामना सेवा विकास बैंकले दियो बार एसोसिएसनलाई कम्प्युटर

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

कामना सेवा विकास बैंकले नेपाल बार एसोसिएसन, रामशाहपथलाई कम्प्युटर सहयोग गरेको छ । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा नेपाल बार एसोसिएसनको भवनमा क्षति पुगेको थियो भने आवश्यक सामग्री ध्वस्त भएका थिए । यस्तो स्थितिमा बारको कार्यालय सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले कम्प्युटर हस्तान्तरण गरेको हो । 

बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डन्डपाणी भट्टराईले एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै अध्यक्ष मिश्रले यो सहयोगले एसोसिएसनमा आवश्यक काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

हस्तान्तरण कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशील पौडेल, बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।

सुझावित समाचार